काठमाडौं । नारायणी, कर्णाली, महाकाली नदी र तिनका सहायक नदीहरुमा आज पानीको बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । केही साना नदीहरुमा आकस्मिक बहाव भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ ।
तिनाउ, पश्चिम राप्ती र बबई जलाधारका केही सहायक नदीहरुमा पनि बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।
आज कोसी र यसका सहायक नदीहरुमा बहाव सामान्य घटबढ हुनेछ । यस्तै, कन्काई, कमला, वाग्मती, पूर्वी राप्तीमा पनि बहाव सामान्य घटबढ हुने तथा सबैमा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।
इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, पाँचथर, उदयपुर, सोलुखम्बु, संखुवासभा, ओखलढुंगा, खोटाङ, महोत्तरी, धनुषा, दोलखा, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, काठमाडौं, चितवन, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, नवलपुर, स्याङ्जा, कास्की, म्याग्दी, बागलुङ, पर्वत, परासी, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम पूर्व, दाङ, बाँके, बर्दिया, रुकुम पश्चिम, जाजरकोट, दैलेख, दार्चुला, बैतडी, डडेलधुरा, डोटी, अछाम, कैलाली, कञ्चनपुर र आसपास जिल्ला भई बहने स–साना नदीहरुमा बहाव केही बढ्नेछ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।