काठमाडौँ । अमेरीकाकाे अनुदानमा नेपालकाे लागी काेराेनाकाे खाेप नेपाल अाइपुगेकाे छ । अमेरिकाले सहयोग गरेको कोरोनाविरुद्ध खोपका १५ लाख डोज काठमाडौं आइपुगेको छ। एक मात्रा मात्रै लगाए पुग्ने कोरोनाविरुद्धको अमेरिकी खोप नेपाल ल्याइएको छ। खोप कतार एयरबाट बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो।
१५ लाख डोज खोप कतार एयरवेजको जहाजमार्फत सोमबार बिहान काठमाडौं ल्याइएको हो। जोन्सन एन्ड जोन्सन कम्पनीले उत्पादन गरेको १५ लाख डोज खोप कतार एयरवेजको जहाजमार्फत सोमबार बिहान काठमाडौं ल्याइएको हो।
कोभ्याक्स कार्यक्रममार्फत अमेरिकाले अनुदान गर्ने जोन्सन एन्ड जोन्सन खाेपका १५ लाख मात्रा आज सोमबार आइपुग्ने जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिलाका सल्लाहकार डा. राजन भट्टराईले गत शनिबार नै दिएका थिए।
कतार एयरवेजको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप झारेपछि अमेरिकी राजदूत र्यान्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका छन्।
अमेरिकी सरकारले उपहारस्वरूप दिएको खोप प्राथमिकताका आधारमा ५० देखि ५४ वर्षसम्मका नागरिकलाई लगाउने तयारी गरिएको मन्त्री श्रेष्ठले बताएका छन्।