पाँचथर । कोरोना संक्रमणले पाँचथर फिदिम १ निवासी ६० बर्षीय एक पुरुषको शनिबार बिहान उपचारको क्रममा झापाको बिर्तासिटि मा मृत्यु भएको छ । उनमा असार १२ गते एन्टिजेन परिक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएको थियाे । जिल्ला कोभिड अस्पतालमा उपचार सम्भब नभएपछी थप उपचारका लागि बिर्तासिटि अस्पताल झापा लगिएको थियो। उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । जिल्लामा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या बढ्दै छ।