पाँचथर असार २५-
चारआली चन्द्रगढी सडक खण्डमा सवारी दुर्घटनामा परी झापा एमालेका नेता ज्ञानुराम प्रसाईको मृत्यु भएको छ ।
बिहान ११ बजेर ४० मिनेटमा प्रसाई भद्रपुर –९ स्तिथ चारआली–चन्द्रगढी सडक खण्डमा दुर्घटनामा परेका हुन् । प्रसाई आफैले बा १६ च ८१८२ नं. को कार चलाएर चन्द्रगढी तर्फ जाँदै गर्दा विपी स्तम्भमा ठोक्किएर दुर्घटनामा परेको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनको बायाँ खुट्टा र भित्री चोट लागि घाइते भई उपचारको लागि मेची अस्पताल भद्रपुर झापा पठाएको थियो । मेची अस्पतालले १२ः१५ बजे उपचारको क्रममा मृत्यु भएको घोषणा गरेको छ ।
रेडियो भिजन ९१.६ मेगाहर्जका संचालक तथा बिर्तामोड नेकपा अध्यक्ष पनि पनि रहेका प्रसाई, बिर्तामोड नगरपालिका उपप्रमुख पवित्रा महतरा प्रसाईको श्रीमान हुन् ।