महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता रमेश बस्नेतका अनुसार अपार्टमेन्टमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको हो। उनी सनराइज सिटीको अपार्टमेन्टमा बस्दै आएकी थिइन्। अपार्टमेन्टको भान्छामा उनको शव फेला परेको हो। प्रहरीले उनले आत्महत्या गरेको आशंका गरेको छ। सुसाइड नोट समेत फेला परेको प्रहरीले जानकारी दिएको छ।
पछिल्लो समय उनी सन्यासी बनेर पशुपति क्षेत्रमा जाने गरेकी थिइन्।उनी पटक-पटक विवादमा आइरहन्थिन्। उनि समाजसेवामा समेत सक्रिय थिइन् ।