फिदिम । कोरोना भाइरसको संक्रमणबाट जिल्लाभित्र मुत्यु हुने १० र जिल्ला बाहिर उपचारको क्रममा १८ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट पाँचथर जिल्ला भरिमा २८ जनाको मृत्यु भएको छ । आइतबार कोरोना संक्रमण बाट एकजनाको मृत्यु भए संगै मृत्यु हुनेको सख्या २८ पुगेको हो र यो क्रम अझै रोकिएको छैन ।
संक्रमण कम गर्न जिल्लामा बैशाख २७ गते देखि निशेधाज्ञा गरिएको थियो । विभिन्न समयमा थपिदै केही खुकुलो बनाउदै लकडाउन पनि भैरहेको भएता पनि संक्रमित हुनेको संख्यामा कमि आउन सकेको छैन् ।कोरोना संक्रमण कम गर्नका लागि प्रयासरत छौ,नागरिक पनि सचेत हुनुपर्छ अन्य जिल्लाको तुलनामा हाम्रो जिल्लाको संक्रमणदर कम छ मुत्यु दर पनि कमै छ भन्ने दामी प्रमुख जिल्ला अधिकारी पुन्य प्रसाद ढकालको रहेको छ ।
स्वास्थ्य कार्यालय पाँचथरलाई स्रोत मान्दै जिल्ला प्रशासन कार्यालय पाँचथरले सोमबार जारी गरेको दैनिक प्रतिवेदनअनुसार २ हजार ३ सय १९ जना सङ्क्रमितमध्ये सोमवारसम्ममा १ हजर ९ सय २९ जना निको भएका छन् । जिल्ला भित्र सङ्क्रमण पुष्टि भएकामध्ये २८ जनाको उपचारका क्रममा मृत्यु भएको छ। अहिले जिल्लामा ३ सय ३८ जना होम आइसुलेसनमा रहेका छन् । अस्थायी कोभिड अस्पतालमा १३ जना उपचाररत छन् । हालसम्म जिल्लामा उपचार सम्भव नभएका २८ जनालाई जिल्ला बाहिर रेफर गरिएको छ।
फिदिम नगरपालिकाको तथ्यांकअनुसार फिदिम नगरपालिका भित्र १६ जनाको कोरोना संक्रमणका कारणले मृत्यु भएको छ भने होम आइसोलेसनमा २ सय ६४ जना र उपचाररत संख्या ११ जना रहेको फिदिम नगरपालिका स्वास्थ शाखाले जनाएको छ । सोमबार पनि पाँचथरमा ३९ जनामा एण्टिजेन परीक्षण गर्दा २१ जनामा सङ्क्रमण देखिएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ( डिसिसिएमसी)ले निषेधाज्ञालाई केही खुकुलो बनाएको छ । बिहान ५ बजे देखि १० बजे सम्म खुकुलो बनाउदै लगेपछि फिदिममा भिडभाड बढेको हा े। बिहान १० बजे सम्म प्रायःसबै पसलहरु खुल्ने गरेको छ। अत्यावश्यकमा पर्ने साग सब्जि व्यापारी टाढाटाढाबाट बेच्न तथा बजार भर्न आउनेको चहलपहल र निर्माणकार्यले पनि निकै बढेको हो । निशेधाज्ञा असार २१ गते राती १२ बजे बाट ५ बजे देखि १२ बजे सम्म खुल्ने निर्णय गरेको छ। जिल्लामा सत प्रतिशतले खोप लागाएका छैनन् जिल्लामा सरकारको मापदण्डमा रहेर कोभिसिल्ड १४ हजार ६ सय ७ जनाले र भेरोसेल खोप २ हजार ७ सय ८९ जनाले लगाएको र असार २२ र २३ गते दोस्रो चरणको भेरोसेल खोप लागाउने तयारी रहेको जिल्ला स्वास्थ्य कार्यलयका खोप फोकल पर्सन गणेश तुम्बापोले जानकारी गराएकाछन् । खोपको पाँैहुच सबै क्षेत्रमा नपुग्नु,निशेधाज्ञाको समय घट्दै जानू र संक्रमण फैलिने क्रम नरोकिनु ले गर्दा संक्रमणको दर पनि पुनः बढ्ने खतरा बढ्दै गएको छ ।