पाँचथर । पाँचथर याङवरकाका दुई जना किशोर पौडी खेल्न गएका दुई जना किशोर खोलाले बगाएर बेपत्ता भएका छन् ।
आज दिउँसो पौडी खेल्न पाँचथर–ताप्लेजुङ सीमाबाट बग्ने इंवा खोला गएका जिल्लाको याङवरक गाउँपालिका–४ थर्पू बजार छेउका दुई जना किशोरहरु खोलाले बगाएर वेपत्ता भएका हुन् । बेपत्ता हुनेमा याङवरक–४ निशानधाम छेउका १६ वर्षीय लक्ष्मण योङहाङ र १३ वर्षीय बिपल योङहाङ छन् ।
पौडी खेल्न भनि इंवा र काबेली खोलाको दोभान छेउ त्रिवेणी गएका थिए । पौडी खेल्ने क्रममा नदीको बहावले लक्ष्मण र बिपललाई बगाएपछि अन्य किशोरहरुले गाउँमा आई स्थानीयवासीलाई खवर गरेका थिए ।
दिउँसो करीब २ बजे घटना थाहा पाएपछि स्थानीयवासी र प्रहरी खोजी कार्यमा जुटेका छन् । खोजी तथा उद्धारका लागि जिल्ला प्रहरी कार्यालयको टोली समेत घटना स्थलतर्फ गएको छ । बेपत्ता भएका लक्ष्मण र बिपल दाजुभाइका छोरा हुन् ।