काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ८९२ जना कोभिड १९ संक्रमित पहिचान भएका छन्। ७ हजार १८७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ८८९ जनामा र ४ हजार ३८१ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ३ जनामा संक्रमण देखिएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार ३ हजार ५९७ जना संक्रमण मुक्त भएका छन्।
यस्तै, संक्रमणका कारण थप ४१ जनाको मृत्यु भइसकेको छ। देशभर हालसम्म संक्रमणका कारण ९ हजार ११२ जनाको मृत्यु भइसकेको छ।