पाँचथर । कोरोना संक्रमणको कारण फिदिम १ मा व्यवसाय गर्दै आएका ५० बर्षीय एक पुरुषको बिहिबार बिहान निधन भएको छ । उनमा केही दिन अगाडीबाट सामान्य कोरोनाको लक्षण देखे पछि जेठ १७ गते बि एण्ड सी अस्पताल लागिएको थियो । अस्पतालले उनलाई कोरोना पुष्टि भए संगै स्वास्थयमा समस्या देखिए पछि जेठ १७ गते देखि अस्पतालमा भर्ना भएका थिए । उनकाे झापाको बि एण्ड सि अस्पतालमा उपचारका क्रममा निधन भएकाे पारिवारिक स्रोतले जानकारी दिएको छ ।