पाँचथर । मेची राजमार्गको अन्तर्गत पाँचथरको हेँवा खोलामा मोडुलर ब्रिज जडान भएको छ । ७० मीटर लामो मोडुलर ब्रिज दोश्रो प्रयासमा जडान सफल भएको हो । पुलबाट गाडी सञ्चालन हुनका लागि सातदिनसम्म लाग्ने सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भटराईले जानकारी दिए ।
यस अघि जेठ–३१ गते जडानको अन्तिम चरणमा ब्रिज भाँचिएको थियो । पुल भाँचिदा तीन जनको मृत्यु र तीन जना घाइते भएका थिए । यो पल्ट भारतिय प्रावधिकले ब्रिज जडान गरेका थिए । ११ दिनमा ब्रिज जडान भएको थियो । लङचिङ किड्स सहित भारतिय प्राविधक, मजदुर जडान कार्यमा खटिएका थिए ।
भारतिले मोडुलर ब्रिज उपलब्ध गराएपछि नेपाल सरकारले जडान अगाडी बढाएको थियो । दुबै तर्फको सडक मर्मत र ब्रिज छेउमा ढलाई गरेपछि गाडी सञ्चालमा आउने भटराईले जानकारी दिए । ब्रिज बनाउन लागि ३ करोड ५० लाखमा ठेक्का लगाइएको थियो । २०८० असारमा पुल बगाएपछि बेलिब्रिज राखिएको थियो । उक्त बेलिब्रिजपनि २०८१ असोजको बाढीले बगाएपछि मोडुलर ब्रिज जडान गर्ने काम अघि बढाइएको थियो ।