काठमाडौं । अर्जेन्टिनाले कोपा अमेरिकाको समूह ‘बी’ अन्तर्गत शनिबार बिहान भएको खेलमा उरुग्वेलाई १-० को नतिजामा पराजित गरेको छ । अर्जेन्टिनाको प्रतियोगितामा यो पहिलो जित हो ।
स्टार फरवार्ड लियोनेल मेसीको कप्तानीमा मंदानमा उत्रिएको अर्जेन्टिनालाई जित दिलाउन १३औं मिनेटमा रोडरिग्वेजले गरेको एक मात्र गोल पर्याप्त भयो ।
प्रतिस्पर्धात्मक खेलमा बल पोसेसनमा प्रभुत्व जमाएको उरुग्वेले गोलका लागि केही अवसर सिर्जना गरे पनि फिनिसिङ प्रभावकारी नुहँदा प्रतियोगिताको पहिलो खेलमै हार बेहोर्नु पर्यो ।
अर्जेन्टिनाले आफ्नो अर्को खेलमा मंगलबार पारग्वेको सामना गर्नेछ भने उरुग्वेले पनि सोही दिन चिलीसँग खेल्ने छ ।
कर्नरमार्फत् रोडरिगो डी पौलले मेसीलाई छोटो पास दिएका थिए । सोही बलमा मेसीले दिएको बाँयातर्फबाट गरेको क्रसमा रोडरिग्वेजले हेडरमार्फत् गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।