पाँचथर । नेपाली काँग्रेस निकट कर्मचारीहरुको संस्था नेपाल निजामती कर्मचारी युनियन पाँचथरको अध्यक्षमा सुजन बाँस्कोटा निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न भएको नवौ जिल्ला अधिबेशनबाट सुजन बाँस्कोटाको नेतृत्वमा सर्बसम्मत कार्यसमिति चयन भएको हो । उपाध्यक्षमा राजेश मिश्र , कल्पना नेम्बाङ मगर र रमा पाण्डे, सचिवमा हिमाल रिजाल, सहसचिमा थमराज जैशी, कोषाध्यक्षमा श्री प्रदिप थापा, सदस्यहरुमा हरि बाँस्कोटा, मुना राना, शान्ति राम घिमिरे, उमेश शाह, कर्ण थिङ, गुमानसिं तामाङ, जुना रिजाल, उमादेवी राई, मेदनी भण्डारी र प्रेम सिग्देललाइ चयन गरेको छ ।
यस्तै अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधीमा लक्ष्मी प्रसाद बास्कोटा, बलराम आलेमगर र ऋषिकेश तुम्रोक तथा प्रदेश प्रतिनिधिको रुपमा राजेन्द्र प्रसाद लुईटेल, ओम प्रकास यादव र धर्म देव ठाकुर चयन भएका छन् ।
नेपाल निजामती कर्मचारी युनियनले सरकारी कर्मचारीहरूको हकअधिकार सुनिश्चित गर्न सक्रिय संगठन हो।
यसले निजामती कर्मचारीहरूको तलब, भत्ता, सेवा सुविधा, पदोन्नति, तथा सेवा स्थायित्वका लागि सरकारसँग वार्ता र पैरवी गर्छ। साथै, श्रम ऐन तथा निजामती सेवा ऐन संशोधनका लागि पहल गर्दै निजामती सेवामा सुधारको लागी रचनात्मक भूमिका निर्वाह गर्दै आएको छ ।