पाँचथर ।फिदिममा जारी अन्तर विद्यालय नकआउट टी–१० क्रिकेट प्रतियोगिताको उपाधिका लागि फिदिम माबि स्कुल र नयाँ नमुना मावि भिड्ने भएका छन् । फिदिम माबिको खेलमैदानमा बुधबार भएको खेलमा जीत निकाल्दै उनीहरु उपाधिका दावेदार बनेका हुन् ।
समता स्कुल पल्लोटारलाई १६० रनले पराजित गर्दै नयाँ नमुना स्कुलले अन्तिम दुईमा स्थान बनाएको हो । टस जितेर ब्याटिङ रोजेको नमुना माविले पुरै १० ओभर खेल्दा १ विकेटको क्षतिमा १ सय ठछ रन बनाएको थियो । १ सय ७६ रनको लक्ष्यसहित समता स्कुल जवाफी ब्याटिङमा उत्रिएको थियो । नयाँ नमुनाका अभय रिजालले सतक प्रहार गरेका थिए । उनले पुरै १० ओभर खेल्दै ११० रन बनाएका थिए ।
तर नमुनाको बलहरु सामु निरही बन्दै समता स्कुल १५ रनमै अलआउट भएको थियो । बुधबार नै दोश्रो सेमीफाईनल खेलमा बिद्याबरदान स्कुललाई १ विकेटले पराजित गर्दै फिदिम माबि अन्तिम दुईमा स्थान बनाएको हो । बिद्याबरदानले टस जितेर ब्याटिङ गर्दै पुरै १० ओभर खेलेर ७ विकेटको क्षतिमा ५० रन बनाएको थियो ।
५१ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको फिदिमले ७ ओभरमा ९ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । नेपाली काँग्रेशका सहमहामन्त्री तथा सबिधान सभा सदस्य भिष्मराज आङदेम्बेको प्रमुख अन्तर विद्यालय नकआउट टी–१० क्रिकेट प्रतियोगिताको उद्घाटन भएको थियो । जिल्ला क्रिकेट संघ पाँचथरले आयोजना गरेको प्रतियोगितामा फिदिम बजार क्षेत्रका ६ वटा विद्यालय सहभागी भएका थिए ।
फाइनल खेल बिहिबार हुने क्रिकेट संघ पाँचथरका अध्यक्ष सुमन लामाले जानकारी दिए ।