पाँचथर । पाँचथर क्रिकेट संघको आयोजनामा फिदिममा जिल्लास्तरीय अन्तर विद्यालय टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । फिदिम माबिको मैदानामा माघ १६ देखि १७ गतेसम्म अन्तरविद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको हो ।
विद्यार्थी क्रिकेट खेलाडीहरुमा भएको क्षमताको विकास गर्न र विद्यालयस्तरबाटै खेलाडी उत्पादनमा सहयोग पुर्याउने उद्देश्यले फिदिमका ७ विद्यालयको सहभागितामा प्रतियोगिता आयोजना गर्न लागिएको जिल्ला क्रिकेट संघ पाँचथरका अध्यक्ष सुमन लामाले जानकारी दिएका छन् ।
कक्षा कोठाको सिकाइमात्रै नभई विद्यार्थीको अतिरिक्त क्रियाकलापमा पनि विकास गर्न जरुरी हुन्छ । विद्यार्थी प्रति बढेको क्रिकेटको मोहलाई ध्यानमा राखेर नै संघले . प्रतियोगिता आयोजना गरेको अध्यक्ष लामाले बताए । प्रतियोगिताको विजेता र उपबिजेता टिमलाइ ट्रफी प्रदान गरिने लामाले जानकारी दिए ।
प्रतियोगितामा फिदिम माबि, निलकन्ठ इङ्गलिस बोर्डिङ स्कूल,बिद्याबरदान इङ्गलिस बोर्डिङ स्कूल, बालकिरण इङ्गलिस बोर्डिङ स्कूल, नयाँनमुना माबि,शुक्रतारा इङ्गलिस बोर्डिङ स्कूल र मेचि इङ्गलिस बोर्डिङ स्कूल सहभागी हुनेछन् ।