पाँचथर । पाँचथर गोल्डकप प्रतियोगिताको पाँचौ संस्करण फागुन २४ गतेबाट हुने भएको छ । फिदिम माबिको खेल मैदानमा फागुन २४ बाट चैत्र २ गतेसम्म हुने प्रतियोगितामा नेपाल र भारतका गरि ८ टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।
आयोजक पाँचथर क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो । आयोजकले यस संस्करणमा पुरस्कार राशिमा दोब्बर बृद्धि गरेका छन् । पुरस्कारको हिसाबले कोशी प्रदेशमा याे वर्ष सम्पन्न भइसकेका अन्य गोल्डकप प्रतियोगिताहरु भन्दा यो प्रतियोगिताको पुरस्कार सर्वाधिक राशिको हुनेछ ।
बिजेताले नगद ११ लाख एक हजार एक सय ११ रुपैयाँ र ट्रफी प्राप्त गर्ने छ भने उपबिजेता टिमले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र ट्रफी प्राप्त गर्ने छ । यस संस्करणमा शहिद स्मारक ए डिभिजन लिगका चार टिम,अन्तराष्ट्रिय दुइ, बि डिभिजनको एक र आयोजक क्लब गरि जम्मा ८ टिमको सहभागिता रहने छ । सहभागि टिमहरुको टुङगो केहि समय पछि लाग्ने आयोजक क्लबका अध्यक्ष कमल तुम्रोकले जानकारी दिए ।
प्रतियोगितामा सर्बत्कृष्ट खेलाडी, उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफन्डर, उत्कृष्ट मिटफिल्डर, उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीलाई बिधागत रुपमा पुरस्कार प्रदान गरिने आयोजकका अध्यक्ष तुम्रोकले जानकारी दिए । प्रतियोगितामा खेलाडी, अफिसिय, रेफ्रि र दर्शक गरि दुई सय जनाको सामुहि दुर्घटना बिमा पनि गरिने आयोजकले जनाएका छन् । प्रतियोगिता ७० लाख रुपैयाँमा सम्पन्न गर्ने आयोजको तयारी छ ।
चौंथो पाँचथर गोल्डकपको उपाधि बिभागिय टोली त्रिभुबन आर्मि फुटबल क्लबले जितेको थियो ।