पाँचथर । फिदिम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी फिदिम मा.बि. ले शनिबार जितेको छ ।
पौष १८ देखि २० गते सम्म भएको प्रतियोगितामा ३८ स्वर्ण २६ रजत र १९ कास्य पदक फिदिम मा.बि. प्रथम भएको हो । यसै गरी ७ स्वर्ण ४ रजत र ८ कास्य पदक जितेको सिद्ध मा. बि. फिदिम १२ दोस्रो, ७ स्वर्ण २ रजत ५ कास्य पदक रानिटार मा.बि. टिम तेस्रो भएको छ ।
कुल ६६ स्वर्णका लागि भएको प्रतिस्पर्धामा फिदिम नगरपालिका भित्रका २३ बिधालयको सहभागिता रहेको थियो ।
पदक बिजेता खेलाडीलाई फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लले मेडल तथा प्रमाणपत्र बितरण गरेका थिए । पालिका स्तरबाट छनौट भए आएका बिद्यार्थी खेलाडीहरुले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा प्रतिस्पर्धा गर्नेछन् ।