काठमाण्डाै ।सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीमा फसेका दुई जनालाई नेपाली सेनाले हेलिकप्टरबाट उद्धार गरेको छ ।
बाढीले जलमग्न भएपछि उनीहरू होटलको छतमा गएका थिए । मेलम्ची बजारमा रहेको रोज होटकलको छतबाट नेपाली सेनाको हेलिकप्टरले उनीहरूलाई उद्धार गरेको हो ।
मंगलबार आएको बाढीले होटलका केही तला डुबाएपछि उनिहरू होटलको छतमा पुगेका थिए । सेनाले त्यहीबाट हेलिकप्टर प्रयोग गरी उनीहरूको उद्धार गरेको हो ।
सिन्धुपाल्चोकमा आएको बाढीका कारण हालसम्म ७ जनाको मृत्यु भइसकेको छ । सिन्ध्पाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले उद्धारको प्रयास भइरहेको जानकारी दिएका छन् ।
मगलबार परेको वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा भीषण बाढी र पहिरो गएको छ । मेलम्ची खोलमा आएको बाढीले मेलम्चीको हेडवर्कस निर्माणमा संलग्न चिनियाँ कामदार बसेको मेलम्चीको ड्यामभन्दा करीब तीनसय मिटर तल रहेको क्याम बगाएको छ ।साथै हेलम्बुमा माछा फर्मसँगै बाढीले केही मानिस बगाएको हुन सक्ने र उनीहरु सम्पर्कमा नआएको सिन्धुपालचोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए ।
मंगलबार बिहानदेखि परेको पानीले बाढीको तह बढेपछि कोशी ब्यारेजको १२ ढोका खुला खुला गरिएको छ । अहिले कोशीमा पानीको बहाव ६१ हजार १४५ क्युसेक रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिएका छन् ।
यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल बगाएको छ।
बाढी र माटोको लेदोले मेलम्ची क्षेत्रका पक्की घरका संरचनामा पनि क्षति पुगेका छन्। पहिरोले मेलम्चीको आयोजनाको सुरुङमा क्षति पुगे(नपुगेको पनि एकिन भएको छैन।