फिदिम । प्रदेश १ सरकारले आगामी आर्थिक बर्ष २०७८/७९ का लागि ३२ अर्ब ४६ लाख ९२ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले मंगलबार उक्त बजेट मंगलबार प्रदेशसभामा प्रस्तुत गरेका हुन् ।
कुल विनियोजन मध्ये चालुतर्फ १४ अर्ब १६ करोड १५ लाख अर्थात ४३ दशमलव ६ प्रतिशत, पुँजीगततर्फ १५ अर्ब ५ करोड ३५ लाख अर्थात ४६ दशमलव ३ प्रतिशत र स्थानीय तहतर्फको वित्तीय हस्तान्तरणका लागि ३ अर्ब २२ करोड ४२ लाख अर्थात १० प्रतिशत विनियोजन गरिएको हो । त्यसैगरी वित्तीय व्यवस्था तर्फ ३ करोड विनियोजन गरिएको छ ।
उल्लेखित खर्चका लागि स्रोत जुटाउन सरकारले आन्तरिक स्रोतबाट ४ अर्ब ९ करोड ७७ लाख र राजश्व बाँडफाँटबाट रु ९ अर्ब ८१ करोड ६६ लाख प्राप्त हुने अनुमान प्रस्तुत गरेको हो ।
स्वास्थ्य क्षेत्रमा तीन अर्ब २५ करोड बजेट, जिल्ला अस्पताल स्तरोन्नति गर्ने योजना
प्रदेश १ सरकारले स्वास्थ्य क्षेत्रका लागि तीन अर्ब २५ करोड बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले बजेट प्रस्तुत गर्दै स्वास्थ्य क्षेत्रको सुधारका लागि सो रकम विनियोजन गरेको बताएका हुन् ।
सरकारले मेची अस्पताललाई दुई सय बेड, जिल्ला अस्पताल पाँचथर र धनकुटालाई एक–एक सय र अन्य जिल्ला अस्पताललाई ५० बेडमा स्तरोन्नति गर्ने योजना बनाएको छ ।
ज्येष्ठ नागरिकलाई तीर्थ घुमाउने प्रदेशको योजना
प्रदेश १ सरकारले ज्येष्ठ नागरिकलाई तीर्थ घुमाउने योजना अघि सारेको छ । बजेटमार्फत प्रदेशेल ज्येष्ठ नागरिक तीर्थाटन कार्यक्रम अघि सारेको हो ।
सरकारले ज्येष्ठ नागरिकको उपचार दन्त उपहारलगायत कार्यक्रम सञ्चालनका लागि २१ करोड २७ लाख बजेट विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले जानकारी दिए ।
बजेटकाे पुर्णपाठ
for-for-mantri_2mantri_2