पाँचथर । दुई महिना अघि फिदिमा सम्पन्न भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । बुधबार आयोजक पाँचथर क्लबले फिदिममा पत्रकार सम्मेलनको आयोजना गरे हिसाब सार्वजनिकिकरण गरेको हो ।
फिदिममा फाल्गुण १२ गते बाट १९ गते सम्म चलेको प्रतियोगितामा आयतर्फ रु.४६,६४,६६० रुपैँया रहेको छ । जसमा ७ लाख रुपैँया प्राप्त हुन बाँकी रहेको आयोजक क्लबले जनाएको छ । क्लबले प्राप्त गरेको सबै रकक प्रयोजक ,चन्दा र टिकट बिक्री बाट प्राप्त भएको आयोजक पाँचथर क्लबका सचिब योगराज सेढाँईले प्रस्तुत गरेको प्रतिबेदनमा जनाइएको छ । भने ब्याय तर्फ ४५,३७,४१० रुपैँया रहेको जनाइएको छ । आयोजक क्लबले ५ लाख ७२ हजार रुपैँया भुत्तानी दिन बाँकी रहेको जनाएको छ । आयोजक क्लबले उठ्न बाँकी रहेको ७ लाख प्राप्त गर्दा १ लाख २८ हजार रुपैँया नाफा हुने जनाएको छ ।
फिदिममा फाल्गुण १२ गते बाट १९ गते सम्म ८ दिन सम्म चलेको चौथो पाँचथर गोल्ड कप प्रतियोगितामा टिकट टिकट बिक्रीबाट रु ११ लाख ७९ हजार २ सय ५० रुपौँया रकम संकलन भएको आयोजक पाँचथर क्लबले जानकारी दिएको छ । फाल्गुण १९ गते पाँचथर क्लब र त्रिभुवन आर्मी क्लब बिच भएको फाइनल खेलमा टिकक बिक्रीबाट ६ लाख ३० हजार संकल भएको सेढाइले जानकारी दिए ।