पाँचथर । फिदिममा जारी १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिततमा फिदिम नगरपालिकाले दमदार सुरुआत गरेको छ । पाँचथरका ८ स्थानीय तहका विभिन्न विद्यालयका ६ सय ११ जना विद्यार्थीहरुले प्रतिस्पर्धा गरिरहेको प्रतियोगिताको पहिलो दिन सोमबार फिदिम नगरपालिका २१ स्वर्ण, ७ रजत र ३ कास्यपद पदक जित्दै शिर्ष स्थानमा रहदा याङवरक गाउपालिकाले ५ स्वर्ण, ९ रजत र ९ कास्य पदक जितेको छ ।
हिलिहाङ गाउपालिकाले २ स्वर्ण, ८ रजत र ३ कास्य पदक जितेको छ । फालेलुङ गाँउपालिकाले २ स्वर्ण,२ रजत र १ कास्य पदक जितेको छ ।
मिक्लाजुङ गाँउपालिकाले २ स्वणर्, २ रजत र ६ कास्य पदक जितेको छ । तुम्बेवा र फाल्गुनन्द गाउँपालिकाले पहिलो दिन स्वणर् जित्न सकेन्न । तुम्बेवाले १ कास्य पदक मात्र जित्न सक्यो । फाल्गुनन्दले २ रजत र २ कास्य पदक जितेको छ । प्रतियोगितामा पाँचथरका ८ स्थानीय तहका विभिन्न विद्यालयका ६ सय ११ जना विद्यार्थी सहभागी छन्।
प्रतियोगितामा सबै भन्दा धेरै फिदिम नगरपालिका र याङवरक गाउँपालिकाबाट समान १ सय १० जना विद्यार्थीहरु सहभागि हुदैछन् । यस्तै,फाल्गुनन्दबाट ८०,कुम्मायकबाट ८०,मिक्लाजुङबाट ८८,तुम्बेवाबाट ४९,हिलिहाङबाट ५८ र सबै भन्दा कम फालेलुङबाट ३६ जना विद्यार्थीहरु सहभागि हुने जिल्ला खेलकुद विकास समितीले जनाएको छ ।
६ सय ११ जना विद्यार्थीहरु १ सय १० स्वर्णकाे लागी प्रतिस्पर्धा गर्ने छन् ।प्रतियोगितामा १ सय १० रजत र १ सय ४६ कास्य पदकको लागी प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समिती पाँचथरले जनाएको छ । स्थानीय स्तरमा भएका प्रतियोगितामा उत्कृष्ट भएका विद्यालय तथा विद्यार्थीहरु राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने छन्।
प्रतियोगितामा भलिबल,कबड्डी, एथ्लेट्रिक,कराँते,तेक्वान्दो र उस्सु विधामा प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिए। सबै खेलहरु छात्र र छात्राहरुको छुटाछुट्टै प्रतिस्पर्धा हुने छ ।
फाल्गुण ३० गते सम्म फिदिम माबिको खेलमैदानमा सञ्चालन हुनेछ । जिल्ला स्तरीय खेल प्रतियोगितामा प्रथम हुन सफल खेलाडीहरु प्रदेश स्तरीय प्रतियोगितामा भाग लिन पाउने खेलकुद समितिले जनाएको छ।
प्रतियोगिताको उद्घाटन समारोह जिल्ला समन्वय समिती पाँचथरका उपप्रमुख यामकुमार आङबोले उद्घाटन् गरेका थिए ।