उदयपुर, जेष्ठ-३० गते – उदयपुर ताप्ली गाउपालिका ४ पोखरी स्थितको कच्ची सडकमा शनिबार बेलुका साढे ७ बजे लहानबाट लखनडाँडा तर्फ मिलको मेशिन बोकेर जादै गरेको बा१८च १५६७ नम्वरको वोलेरो गाडी आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी २०० मिटर तल खस्दा बोरेलोमा सवार ४ जना मध्ये १ जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुली दुधौली नगरपालिका १० का ६० बर्षीय इन्द्र वहादुर बि.क. रहेका छन् । सो दुर्घटनामा उदयपुर कटारी नगरपालिका १० का बोलेरो चालक ३५ बर्षीय डाँक नारायण श्रेष्ठ, उदयपुर ताप्ली गाँउपालिका ४ ठानागाँउ ज्यामिरे का ३० बर्षीय झगर बहादुर सार्की र सोही स्थानका २६ बर्षीय डम्वर बहादुर तामाङ घाईते भएका छन् । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी रुपाटार र रामपुर झिल्केबाट प्रहरी टोली खटिन गई घाईतेहरु मध्ये श्रेष्ठ र सार्कीलाई उपचारको लागी नोबेल अस्पताल विराटनगर पठाएको छ । अर्का घाईते तामाङ सामान्य हात खुट्टा चोट लागेकोले सामान्य उपचार पश्चात घरमानै रहेका छन् । दुर्घटनामा परि मृत्यु भएका बि.क.को लास घटनास्थलमानै रहेकोले कानुनी प्रकृया पुरा गर्नको लागी ईलाका प्रहरी कार्यालय कटारीबाट प्र.ना.उ.को टोली खटिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जानकारी दिएको छ ।
बोलेरो अनियन्त्रीत भई सडकबाट २०० मिटर तर खस्दा, १ जनाको मृत्यु ,३ जना घाईते
बोलेरो अनियन्त्रीत भई सडकबाट २०० मिटर तर खस्दा, १ जनाको मृत्यु ,३ जना घाईते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस