ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिउँ परेको छ । ३ हजार १ सय मिटर उचाईको माथिल्लो फेदीदेखि ३ हजार ७ सय ९४ मिटर उचाईमा रहेको पाथीभरा मन्दिर सम्मनै हिउँ परेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताए ।
उनका अनुसार मन्दिर क्षेत्रमा बाक्लो हिउँ परेको छ भने बस्तीमा पनि सामान्य हिउँ परेको छ ।
चिसो अधिक बढेको र हावा चलेकाले रातभरि हिउँ पर्ने अनुमान स्थानीयको छ ।यहाँ बाक्लो हिउँ पर्दा सदरमुकाम फुङ्लिङबाट हिउँ खेल्न जाने गरेका छन् ।
सामान्य हिउँ पर्दा बाटो चिप्लो हुने भएकाले पाथीभरा दर्शनका लागि जाने तिर्थयात्री भने प्रभावित हुने गरेका छन् । पाथीभरा क्षेत्रमा चैत सम्म नै हिउँ पर्ने गरेको छ ।