पाँचथर– पाँचथरको फिदिम नगरपालीका–३ लालिखर्कमा प्रथम लालिखर्क गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । सोमबार प्रतियोगिताको फिदिम नगरपालीकाका मेयर मित्रप्रसाद काफ्लले उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा जिल्लाका राजनीतिक दलका प्रतिनिधि, खेलकुदका संघ÷सस्थाका प्रमुख, विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा प्रतियोगिता उद्घाटन गरीएको थियो ।
प्रतियोगिता जनकल्याण माध्यमिक विद्यालयको खेलमैदानमा सुरु भएको हो । प्रतियोगितको उद्घाटन खेलमा धनकुटाको संजिवनी युवा क्लबलाई हराउदै आयोजक साझा युवा क्लब विजयी भएको छ ।
पहिलो खेलमा खोलको बर्ष भएको थियो । संजिवनीले अग्रतालाई कायम गर्न नसक्दा ५–३ को हार व्यहोर्नु परेको छ । सुरुवती ३ गोल गरेपनि आयोजकका खेलाडी लयमा फर्किएर गोलको बर्षा गरेका थिए ।
प्रतियोगिताको पहिलो खेलमा संजीवनी युवा क्लब धनकुटालाई हराउँदै आयोजक साझा युवा क्लब विजयी भएको छ ।
मंगलबारको खेलमा रेडहर्ष इलामले सिद्धार्थ युवा क्बल मोरङ र रेडस्टार झापाले लालिगुराँस फुटबल क्लब ताप्लेजुङको सामना गर्ने छ ।
प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार १ सय ११ रुपैँया नगद र ट्रफि प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष श्याम राईले जानकारी दिए । उप–विजेताले ५५ हजार ५ सय ५५ रुपैँया नगद र ट्रफिमा चित्त बुझाउनु पर्ने छ ।