लोब्रेकुटी पाँचथर जिल्लाकै एक अत्यन्तै रमणीय सुन्दर ठाँउ हो।यो पर्यटकीय मात्र नभै धार्मिक स्थलको रुपमा पनि परिचित भुमी हो।लोब्रेकुटि १६ औ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको तपोभूमि हो। यो एककिसिमले महागुरु फाल्गुनन्दको खुल्ला संग्रहालयको रुप पनि रहेको छ।यहाँ बर्षमा दुई पटक बैशाख २४ गते र कार्तिक २५ गते भब्य समारोहका साथ विश्व शान्ती महायज्ञ गरिन्छ। कोरोना कहर आउनुपुर्व भरिभराउ यो स्थल अहिले भने शान्त छ । यहाँ १६ औ राष्ट्रिय बिभुती फाल्गुनन्दले बैशाख २४ गते सत्यधर्म मुचुल्का तयार गर्नु भएको दिनको सम्झनामा यो दिन समाज सुधार दिवसको रुपमा मान्ने गरिएको छ। लोब्रेकुटी शान्त अनि सुन्दर छ,जहाँ समाज सुधारक फाल्गुनन्दले विसं १९८८ वैशाख २४ गते तत्कालीन १० लिम्बुवान् १७ थुमका किरात भेला गरेर सत्यधर्म मुचुल्का गराए । मुचुल्कामा उतिबेलै फाल्गुनन्दले छोरा र छोरीलाइ विभेद गर्न नहुने बुँदा समेटेका थिए । उनले समाज सुधारका विषय समेटेका थिए । मुचुल्कामा छोरीचेलीको सोत रीत खान नहुने, ईश्वरका नाममा बलि पूजा गर्न नहुने, किरातको धार्मिक संस्कारमा एकरूपता ल्याउनु पर्ने, मर्दापर्दा मासुको पिण्ड चढाउन नहुने, आफ्नै भाषा लिपिमा अध्ययन गरी लिपि जगेर्ना गर्ने जस्ता विषय थिए ।
किरात धर्म दर्शनका पुनरुत्थानकर्ता, समाजसुधारक, मुन्धुमको संरक्षणकर्ताका रुपमा फाल्गुनन्दलाइ लिइन्छ, लोब्रेकुटिमा फाल्गुनन्दले समाज सुधारका लागि विभिन्न प्रयास गरेका थिए । फाल्गुनन्दले तपस्या गरेको तथा प्राकृतिक सुन्दरताले भरिएको यो ठाउँमा पुग्दा नरमाउने को होला र ? अग्ला वरिपरि डाडा विभिन्न १३÷१४ खाले सल्ला सुसाउदा आनन्द कस्लाइ नहोला र? झपक्कै फुलेका लालिगुरासले सुगन्धित बनेको छ लोब्रेकुटी, फाल्गुनन्द विसं १९४२ कात्तिक २५ गते इलामको माङसेबुङ गाँउपालिका–२ चुक्चीनाम्बामा जन्मेका थिए । सरकारले २०६६ मंसिर १६ गते उनलाई नेपालको राष्ट्रिय विभूतिका रूपमा घोषणा गरेको थियो ।
पहाडका घुर्मिला डाँडा, मनोरम प्राकृतिक दृष्य । फराकिला डाँडाले कस्को मन नलोभ्याउला र? पूजारी धु्रव तुम्बापो ले मन्दिरका साथै अन्य धार्मिक अनुष्ठान अनि संग्रहालयको बारे जानकारी गराए ।पानी झमझम पर्दा मौसम जाडो भयो। अलिकबेरमा रोकियो फराकिला डाडामा उभिएर यहाँको दृश्य पनि महसुस भयो।पानी प¥यो तर रुझ्नुको मजा बेग्लै भयो । कहिले कुहिरोले छोप्थ्यो त कहिले मौसम खुल्थ्यो ।लोब्रेकुटिलाइ महागुरु फाल्गुनन्दले १६ बर्ष सम्म कर्म थलोको रुपमा बिकास गर्नु भएको थियो।पिछडिएको समाजलाइ सामजिक रुपान्तरण र त्यो समयमा ज्ञान् प्रचार गर्नु भएको थियो।त्यो बेला महागुरुले महिलालाइ पनि सम्मान,शिक्षा र अधिकारको कुरा गर्नु भएको थियो।यो क्षेत्र महागुरु फाल्गुनन्दले बिश्व शान्ती र एकताको कुरा गर्नु भएको थियो। यो भुमि बाट मकालु,कुम्भकर्ण,कंचनजङा हिमशृखला देखिनु को साथै धार्मिक दृष्टिकोणबाट पनि उत्तिकै महत्त्वपूर्ण स्थल हो। यहाँ महिङगुम पनि छ बिशेषत किरातिहरुको फत्ताङलुङ (कुम्भकर्ण) जादा मात्र महान यात्रा गएको मानिन्छ।त्या पुग्न नस्क्ने बिरामी असक्त,असाय व्यक्तिहरु यो क्षेत्रमा धार्मिक यात्रा गरे या सेवा मात्र गरे पनि फत्ताङलुङ पुगे सरह हुने मान्यता हुने पुजारी बताउनु हुन्छ।