काठमाण्डाैं । नेपालमा हाल मनसुनी वायुको प्रभाव रहेको छ । अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर सामान्य बदली रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेशका धेरै भू–भागहरू र बाँकी तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको माैसमविद्ले जानकारी दिएइका छन् ।
आज राति पनि दिउँसाेकाे जस्तै माैसमी प्रणाली रहने जनाइएकाे छ । आगामी २४ घण्टा देशका कतिपय स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिएकाे महाशाखाले जनाएकाे छ ।
भारी वर्षाले बाढी, पहिरो, डुबान, भू-क्षय तथा गेग्रान बहाव(debris flow) का कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरिएकाे छ ।