पाँचथर । बसको ठक्करबाट झापामा पाँचथरकी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथरको हिलिहाङ घर भई झापा बुद्धशान्ती -४ मा बस्दै आएकी आशिष तामाङको ८ बर्षीया छोरी सोमिया तामाङ रहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
शनिबार अपरान्ह झापाको बुद्धशान्ती गाउँपालिका-४ लावरको भित्री सडक खण्डमा सोमिया तामाङलाई बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । तामाङको उपचारको क्रममा झापाको बि.एण्ड.सी. अस्पताल बिर्तामोडमा मृत्यु भएका प्रहरीले जनाएको छ ।
ठक्कर दिने बस तथा चालकलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।