फिदिम । पाँचथर समाज काठमाण्डाै नेपालले कोरोना भाइरस कोभिड १९ काे महामारिकाे संक्रमण तिब्र गतिमा फैलिरहेकाे अवस्थामा पाँचथरका विभिन्न स्थानिय तहहरुलाइ स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ।फिदिममा मंगलबार पाँचथर जिल्लाका अाठवटा पालिकामा अक्सिजन कन्सन्ट्रेटर मेसिन,एन्टिजेन कीट,पल्स अक्सिमिटर,पिपिइ लगायतका विभिन्न स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको सचिब भुमिका नेम्वाङले बताइन।कोभिड १९ जोखिम ब्यबस्थापन समिती पाँचथर संयोजक प्रमुख जिल्ला अधिकारी पुन्य प्रसाद ढकाल लगाएतको उपस्थितिमा सामाग्रि हस्तान्तरण गरिएको हाे । यस संस्थाले यस अघि पनि काठमाडौमा बस्नु हुने पाँचथरेली नागरिकहरू, मजदुर,बिपन्न,बिधार्थी,संक्रमित तथा मृत्यु भएका ३६ घर परिवारलाई राहत बितरण गरेको जानकारी दिएको छ। समाजले देश तथा बिदेशबाट संकलन गरेको रकम १८ लाख १७ हजार १ सय ५ रुपैया मध्ये १३ लाख २६ हजार ५ सय रुपैया बराबरको स्वास्थ्य सामाग्रि पाँचथरका सबै अाठ पालिकामा हस्तातरण गरेकाे हरेको समाजका सदस्य निर्मल रिजालले बताए । जिल्लामा समस्याकाे बेला उत्त सामाग्रीहरु महत्त्वपूर्ण हुने पाँचथरका प्रमुख जिल्ला अधिकारी ढकाल बताए । बिपतको बेला सबै क्षेत्रको सहयोग आवश्यक रहेकाे सामाग्रि हस्तातरण कार्यक्रमका प्रमुख अतिथि संविधान सभासदस्य अईन्द्र सुन्दर नेम्वाङले बताए।आगामी दिनमा पनि बिभिन्न किसिमका समस्या आउदा पाँचथर समाज काठमाडौं नेपालले यसरी नै सहयोग जुटाउने समाजका कार्यबाहक अध्यक्ष सुरेन्द्र तिम्सिनाले
बताएका छन्।
पाँचथर समाज काठमाण्डाै द्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण
पाँचथर समाज काठमाण्डाै द्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस