पाँचथर । सरकारले राष्ट्रिय जनगणना २०७८ को अन्तिम प्रतिवेदन सार्वजनिक गरेको छ । जस अनुसार नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५सय ७८ रहेको छ । जसमा पुरुषको तुलनामा महिलाको संख्या बढी रहेको छ । महिलाको जनसंख्या ५१.१ प्रतिशत हुँदा पुरुषको जनसंख्या ४८.९ प्रतिशत रहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।
राष्ट्रिय जनगणना अनुसार पाँचथरको कुल जनसंख्या एक लाख ७२ हजार ४ सय रहेको छ । पाँचथरमा पुरुष भन्दा महिलाको जनसंख्या बढी छ । महिला ५०.३ प्रतिशत र पुरुष ४९.७ प्रतिशत जनसंख्या रहेको विभागले जनाएको छ । पाँचथरमा पुरुषहरुको संख्या ८५ हजार ६ सय ८३ जना र महिला ८६ हनार ७ सय १७ जना महिला रहेको विभागले जनाएको छ ।
पाँचथरमा ४२ हजार ४ सय ९५ परिवार बसोबास गरेका छन भने पाँचथरको जनघनत्व १३९रहेको छ । त्यस्त,ै पाँचथरको साक्षरता ८२.३ प्रतिशत रहेकोमा महिलाका तुलनामा पुरुषको साक्षरता बढी रहेको छ । पाँचथरमा पुरुष साक्षरता ८८.७ प्रतिशत रहँदा महिलाको साक्षरता भने ७६.० प्रतिशत मात्रै रहेको छ । पाँचथरमा अझै पनि २६ प्रतिशत भन्दा बढी व्यक्तिको जन्मदर्ता नगराएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार पाँचथरमा ७४ प्रतिशतले जन्मदर्ता गराएका छन भने २६ प्रतिशतले अझै जन्मदर्ता गराएका छैनन ।
पाँचथरमा सबै भन्दा बढि जनसंख्या फिदिम नगरपालिकामा रहेको छ । बिभागको तथ्याङक अनुसार फिदिमको जनसंख्या ४८ हजार ४ सय ९४ रहेको छ । फिदिममा महिला ५१.२ प्रतिशत र पुरुष ४८.८ प्रतिशत जनसंख्या रहेको विभागले जनाएको छ । फिदिम नगरपालिकामा पुरुषहरुको संख्या २३ हजार ६ सय ७९ जना र महिला २४ हजार ८ सय १५ जना महिला रहेको विभागले जनाएको छ ।
याङवरक गाउँपालिकाकाे जनसंख्या १६ हजार ८ सय २१ रहेको छ । याङवरक गाउँपालिकामा महिला ४९.४ प्रतिशत र पुरुष ५०.५ प्रतिशत जनसंख्या रहेको छ । याङवरकमा पुरुषहरुको संख्या ८ हजार ५ सय १४ जना र महिला ८ हजार ३ सय ७ जना महिला रहेको विभागले जनाएको छ ।
हिलिहाङ गाउँपालिकाकाे जनसंख्या १९ हजार ८५ रहेको छ । हिलिहाङ गाउँपालिकामा महिला ५०.८ प्रतिशत र पुरुष ४९.२ प्रतिशत जनसंख्या रहेको छ । हिलिहाङ पुरुषहरुको संख्या ९ हजार ३ सय ८६ जना र महिला ९ हजार ६ सय ९९ जना महिला रहेको विभागले जनाएको छ ।
फालेलुङ गाउँपालिकाकाे जनसंख्या २० हजार ३ सय ६१ रहेको छ । फालेलुङ गाउँपालिकामा महिला ५०.३ प्रतिशत र पुरुष ४९.७ प्रतिशत जनसंख्या रहेको छ । फालेलुङ गाउँपालिकामा पुरुषहरुको संख्या १० हजार १ सय १९ जना र महिला १० हजार २ सय ४२ जना महिला रहेको विभागले जनाएको छ ।
फाल्गुनन्द गाउँपालिकाकाे जनसंख्या २१ हजार २ सय ८९ रहेको छ । फाल्गुनन्द गाउँपालिकामा महिला ५१.२ प्रतिशत र पुरुष ४८.९ प्रतिशत जनसंख्या रहेको छ । फाल्गुनन्द गाउँपालिकामा पुरुषहरुको संख्या १० हजार ४ सय ७ जना र महिला १० हजार ८ सय ८२ जना महिला रहेको विभागले जनाएको छ ।
कुम्मायक गाउँपालिकाकाे जनसंख्या १२ हजार ७ सय ४६ रहेको छ । कुम्मायक गाउँपालिकामा महिला ५०.७ प्रतिशत र पुरुष ४९.३ प्रतिशत जनसंख्या रहेको छ । कुम्मायक गाउँपालिकामा पुरुषहरुको संख्या ६ हजार २ सय ९० जना र महिला ६ हजार ४ सय ५६ जना महिला रहेको विभागले जनाएको छ ।
तुम्बेवा गाउँपालिकाकाे जनसंख्या ११ हजार १ सय ८९ रहेको छ । तुम्बेवा गाउँपालिकामा महिला ५०.२ प्रतिशत र पुरुष ४९.८ प्रतिशत जनसंख्या रहेको छ । तुम्बेवा गाउँपालिकामा पुरुषहरुको संख्या ५ हजार ५ सय ७७ जना र महिला ५ हजार ६ सय १२ जना महिला रहेको विभागले जनाएको छ ।
मिक्लाजुङ गाउँपालिकाकाे जनसंख्या २१ हजार ६१ रहेको छ । मिक्लाजुङ गाउँपालिकामा महिला ५०.४ प्रतिशत र पुरुष ४९.६ प्रतिशत जनसंख्या रहेको छ । मिक्लाजुङ गाउँपालिकामा पुरुषहरुको संख्या १० हजार ४ सय ५४ जना र महिला १० हजार ६ सय ७ जना महिला रहेको विभागले जनाएको छ ।