यासाेक । यासोकमा जारी चौथो संस्करणको कुम्मायक गोल्डक प्रतियोगितामा आइतवारका खेलमा जित निकाल्दै मिक्लाजुङ गाउँपालिका र फाल्गुनन्द गाउँपालिका सेमिफाइनल प्रबेश गरेका छन् ।
आइतबार यासोक स्थित पृथ्वी मा.वि.को खेलमैदानमा भएको भएको पहिलो खेलमा मिक्लाजुङले फिदिम नगरपालिकालाई पराजित गरेको छ । मिक्लाजुङले ४-१ गोलले फिदिमलाई हरायो । खेलमा मिक्लाजुङका बिजय तामाङ म्यान अफ दि म्याचको पुरस्कार जिते ।
त्यस्तै, आइतबारनै भएको दोस्रो खेलमा हिलिहाङ गाउँपालिकालाई ४-२ गोलले हराउदै फाल्गुनन्द गाउँपालिकाले सेमिफाइन प्रबेश गरेका छ । दोश्रोखेलमा फाल्गुनन्दका रितिक आङ्देम्बे म्यान अफ दि म्याच चुनिए ।
प्रतियोगिताको प्रथम हुने टिमले नगद एक लाख ११ हजार एक सय ११ नगद पुरस्कार प्राप्त गर्नेछ । उपबिजेता टिमले नगद ५५ हजार पाँच सय ५५ रुपैँया सहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छन।
सोमबार हुने खेल
याङवरक गाउँपालिका र तुम्बेवा गाउँपालिका
कुम्मायक गाउँपालिका र फाल्गुनन्द गाउँपालिका (सेमिफाइनल खेल)
फाेटाे :विश्वसञ्चार डटकम