पाँचथर– केहि दिनमै सरकारले पूर्णता पाउने नेकपा एकिकृत समाजवादी पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले बताएका छन् । उनले सरकारमा नेकपा (एस) सम्मानजनक ठाँउ लिएर जाने बताएका छन् ।
सम्माजन भन्या कस्तो भने भन्ने प्रश्नमा खनालले भने ‘संघिय सरकारमा हामीलाई तीन मन्त्रालय दिनु पर्छ । अब हुने तीन ठाँउको उपनिवार्चमा एक ठाँउ हामीलाई दिनु पर्छ ।’
कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न पाँचथर सदरमुकाम फिदिम आईपुगेका खनालले यस्तो बताएका हुन् ।
तत्कालीन नेकपा नेतृत्वको सरकार विगठन भएपछि देश अस्थिरता तर्फ गएको उनको भनाई थियो । सरकार निर्माणका लागि पनि धेरै माथापच्चि गर्नुपर्ने अवस्था रहेको उनले बताए । तीनचार दिनमा सरकार बन्ने बताएका खनालले यो सरकार पनि कहिलेसम्म टिक्ने भन्ने टुङ्गो नभएको बताएका थिए ।