दिपक बोहोरा ।
बिद्यालय स्तरमा अध्यन्न गर्ने बिद्यार्थीहमा खेल कौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्ने र उनिहरुमा खेलभावनाको विकास गर्ने उद्देश्यले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने गर्दछ । पाँचथरमा बुधबारबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सूरु भएको छ । पाँचथरका अधिंकाश स्थानिय तहका बिद्यालयहरु प्रतियोगितामा सहभागि भएका छन् ।राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता निर्देशिकामा पहाडी जिल्लामा माघ र फाल्गुन महिना भित्रमा प्रतियोगिता सम्पन्न गरिसक्नु पर्ने उल्लेख छ । तर जिल्लाको नेतृत्व कमजोर बन्दा पाँचथरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चैत्रमा गरिएको छ । हिमाली जिल्लामा मात्र प्रतियोगिता चैत्र महिनामा गर्ने उल्लेख छ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा चालु शैक्षिकसत्रमा कक्षा १२ सम्म नियमित रुपमा अध्ययनरत १८ वर्ष भन्दा मुनिका छात्र/छात्राहरू सहभागी गराउनु पर्छ । तर जिल्ला खेलकुद विकास समिति पाँचथरले प्रतियोगिता सक्ने नाममा परिक्षाको मुखमा प्रतियोगिता आयोजना गर्दा यस उमेर समुहका बिद्यार्थी खेलाडीह मर्का पारेका छन् ।
जिल्ला खेलकुद विकास समितिको बिना तयारी प्रतियोगिता आयोजना गर्दा खेलाडीहरु मर्कामा परेका हुन् । पाँचथरका धेरै बिद्यालयहरुमा चैत्र ७ गतेबाट वार्षिक परिक्षा सुरु हुँदै छ । कक्षा ५ र ८ को परिक्षा पालिका स्तरीय हुने गर्दछ । कक्षा ५ र ८ परिक्षाको परिक्षा तालीका पालिकाले निकाल्ने गरेको छ । धेरै विद्यालयहरुले कक्षा ८ सँगै अरु कक्षाको पनि परिक्षा गर्ने तयारी गरेको पालिकाका शिक्षा अधिकृतहरुले जानकारी दिए ।
जिल्ला खेलकुद विकास पाँचथरले परिक्षाको समयमा प्रतियोगिता आयोजना गरे पछि बिद्यार्थीहरु परिक्षाको तयारी गर्नु पर्ने समयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् । कुम्मायक गाउँपालिकामा चैत्र ६ गतेबाट परिक्षा सूरु हुँदै छ । हिलिहाङ गाउँपालिकामा चैत्र ७,फिदिम नगरपालिकामा चैत्र ७, तुम्बेवा गाउँपालिकामा चैत्र १२,फालेलुङ गाउँपालिकामा चैत्र ७,मिक्लाजुङ गाउँपालिकामा चैत्र १७ गतेबाट वार्षिक परिक्षा सुरु हुँदै छ । वार्षिक परिक्षाको समेत ख्याल नगरी जिल्ला खेलकुद विकास समिति पाँचथर राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरि बिद्यार्थीहरुको पढाइ प्रति गैर जिम्बेवार बनेको हो ।
बुधबारबाट पाँचथरमा सुरु भएको प्रतियोगितामा पाँचथरका निजि र सामुदायकि स्कुलका बिद्यार्थीहरु राष्ट्रपती रनङि शिल्ड प्रतियोगितामा सहभागी रहेका छन् । जिल्ला स्तरीय राष्ट्रपती रनङि शिल्ड प्रतियोगितामा प्रत्येक स्थानीय तहस्तरीय राष्ट्रपती रनङि शिल्ड प्रतियोगितामा छनौट भई आएका करिब ३०० खेलाडीहरु बीच प्रतिस्पर्धा हुने छ । करिब ३०० बिद्यार्थीहरुले ११३ स्वर्ण पदकमा प्रतिस्पर्धा गर्ने छन् ।
परिक्षाको तयारी गर्नु पर्ने बिद्यार्थी प्रतियोगिता सूरु केहि दिनमात्र बाँकी रहदा प्रतियोगिताको पूर्व तयारीमा लागेकाले परिक्षामा असर गर्न सक्ने एक शिक्षकले बताए । बिद्यालयहरु सँग जिल्ला खेलकुद विकास समितिले सहर्काय गर्न चुक्दा परिक्षाको मुखमा बिद्यार्थीहलाई राष्ट्रपती रनङि शिल्ड प्रतियोगितामा सहभागी गराउनु परेको ति शिक्षकले केन्जो खबर सँग बताए ।खेलाडीहरुको मुख्य काम पढाईनै हो । खेलकुद र अन्य गतिबिधिहरु भनेको अतिरिक्त क्रियाकलाप हुन् । यस्ता प्रतियोगिताहरु समय मिलाएर गर्नु पर्छ । वार्षिक परिक्षाको समय समेत ख्याल नगरिनु खेलकुद विकास समिति पाँचथरको कमजोरी रहेको ति शिक्षकले बताए ।
जिल्ला खेलकुद विकास समिति पाँचथर आयोजनाको प्रतियोगितामा व्यवस्थापन पनि भद्रगोल देखिन्छ । फिदिम १० मा रहेको खलङगा मा.बिको खेलमैदानमा बुधबारबाट सुरु भएकोे प्रतियोगिता उद्घाटनको दिनबाटै बिबादित बनेको छ । जिल्ला खेलकुद विकास समिति पाँचथरको कमजोर व्यस्थापनको कारण उद्घाटनको दिननै प्रतियोगिता बिबादि बनेको हो । प्रतियोगिता १० बजे पछि उद्घाटन् गर्ने भने उद्घाटन अगाडी उस्सु र दैडका खेलहरु आयोजकले आयोजना गरे पछि प्रतियोगितामा बिबाद भएको हो ।
बिबाद हुँदा मिक्लजुङ खेलकुद विकास समितिले प्रतियोगितानै बहिस्कार गर्ने अवस्था आएको थियो । आयोजकको समन्वय र सहकार्यकको अभावमा प्रतियोगिताको उद्घाटनको दिननै बिादित बनेको हो । १० बजे अगाडी खेल सुरुभए पछि मिक्लाजुङ र फालेलुङका खेलाडी विद्यार्थीहरु प्रतियोगिताक केहि खेलमा सहभागी हुनबाट बन्चित रहे । यस बिषयमा आयोजक संग बुझ्दा पालिकाको कमजोरीले सहभागी हुन नपाएको गैर जिम्बेबार जवाफ दिएर पन्छिने गरेका छन् ।
आयोजकको कमजोर ब्यपस्थापनको कारण भलिबल, ट्रयाक एण्ड फिल्ड अन्तर्गतका हाईजम्प र लङजम्प लगायतका खेलकुदका गतिबिधिहरु रोडा भएको मैदानमा आयोजना भएको छ । रोडाका कारण खेलाडीहरु चोटील बन्ने अवस्था छ । मैदानको अवस्था लगायतका कारण प्रतियोगिता अस्तव्यस्त बनेको छ ।