दिपक बाेहाेरा । भनिन्छ खेलकुदबाहेक कुनै यस्तो गतिविधि छैन जसले पूरै विश्वलाई एक सूत्रमा बाँध्न सक्छ । खेलकुदका माध्यमबाट स्वस्थ, सक्षम, मर्यादित, अनुशासित र सिर्जनशील नागरिक तयार गर्न सकिन्छ । तर, पाँचथरमा पछिल्ला दिनहरुमा बिभिन्न खेलकुद प्रतियोगिताहरु बिवादित बन्न थालेका छन् ।
प्रतियोगिताका आयोजकहरुले कुशल व्यस्थापन गर्न नसक्दा यस्ता प्रतियोगिताहरुमा बिबाद आउने गरेको छ ।कुनै पनि खेलको पहिलो कडी अनुशासन हो । खेलाडीहरू नियमभित्र बाँधिएर जित या हार जे भए पनि त्यसलाई सहजै स्वीकार्ने मनोविज्ञान लिएर मैदानमा उत्रिने गरेकाले खेलमा अनुशासनलाई महत्त्वपूणर् कडी मानिएको हो ।
तथापि कतिपय खेलाडीले पराजय भोग्नुपर्दाको आवेगलाई नियन्त्रण गर्न नसक्दा खेल मैदानहरू हुलहुज्जत गर्ने थलोमा परिणत हुने गरेका अनेकौं दृष्टान्त भेट्न सकिन्छ । यस्तै यस्तै घटना शनिबार फिदिम ६ शिवामा अर्थे मेला पालिका स्तरिय भलबिल प्रतियोगिताको फाइन खेलमा देखियो । पाँचथरको मिक्लाजुङ गाउँपालिका र ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका बिचको फाइनल खेलमा खेलाडीहरुले कोर्ट छाडे पछि खेल पुरा हुन सकेन ।
पहिलो सेट पाथीभरा याङवरकले जितेको थियो । दोश्रो र तेश्रो सेटमा मिक्लाजुङले जितेको थियो । बाँकी दुई सेट खेल्न बाँकी हुदाँ पाथीभरा याङवरकका खेलाडीहरुले कोर्ट छाडेका थिए । साँझ परेको, ‘भिजिविलिटी’ कमजोर बनेको, हावा चलेको लगायत कारणले खेल स्थगित गरि बाँकी खेल आइतबार खेल्नु पर्ने माग पुरा नभए पछि पाथीभरा याङवरकका खेलाडीहरुले कोर्ट छाडेका थिए । पाथीभरा याङवरकले कोर्ट छाडे पछि मिक्लाजुङ गाउँपालिकालाई आयोजकले बिजेता घोषणा गरेका थिए । दोश्रो भएको पाथीभरा याङवरकले आफ्नो पुरस्कार समेत ग्रहण गरेन । पाथीभरा याङवरकले अन्तिम समयमा खेल बहिस्कार गर्यो । अनुशासनलाई न्यूनतम शर्त मान्ने खेलाडीले कोर्ट छाड्दै खेलभावना बिपरित कार्य गरेका छन् ।
म्याच कम्सिनर कमल तुम्रोकले फाइनल खेल शनिबारनै सक्ने गरि दुबै टिमको सहमतीमा खेल सञ्चालन गराएको तर अन्तिममा पाथीभरा याङवरकका खेलाडीहरुले सहमती तोड्दै कोर्ट छाडेको जिल्ला भलिबल संघ पाँचथरका अध्यक्ष तथा फाइनल खेलका रेफ्री बबिन चौहानले बताए । खेलमा सहभागी टिमले आयोजकको नियम पालन गर्नु पर्ने उनले बताए ।
बिश्वका जुनसुकै कुनामा प्रतियोगितामा (दुई टिम -दुई देश वा क्लब) बीच खेल हुँदा गेम इज फेयर प्ले कै अवघारणमा खेलाइन्छ । यसको मुख्य अर्थ हो, सबै खेलको नियमबाट अनुबन्धित र अनुशासन पालन गर्न बाध्य छन् । अर्थेमेला पालिका स्तरिय भलबिल प्रतियोगितामा खेलाडीहरु ,अफिसियल र अयोजकहरुले फेयर प्ले को धज्जी उडाइदिएका छन् ।
कुनै पनि खेलमा जित्ने एउटा व्यक्ति या टिमले हो । भलिबलमा पनि खेलको अन्त्यसम्ममा एउटा टिमले जित्छ र अर्कोले हार्छ भन्ने सबैलाई थाहा छ । खेल खेल्नु भनेकै जित्नका लागि हो तर जित्न नसके पनि सहजतापूर्वक हार स्विकार्नु खेलको संस्कारभित्र पर्छ । खेलको अन्त्यसम्म प्रतिस्पर्धाको नतिजा प्रतीक्षाको विषय बन्छ ।
त्यसकारण खेलाडीले खेल अवधिभर सम्हालिएर धैर्यतापूर्वक खेल्न सक्नुपर्छ । त्यसैले त हो, खेललाई प्रतिस्पर्धासँगै अनुशासनको परीक्षण गर्ने महत्त्वपूणर् ठाउँका रूपमा लिइएको । टिम र खेलाडीको मूल्यांकन पनि उनीहरूले निकाल्ने नतिजाभन्दा खेलका दौरान मैदानभित्र र बाहिर देखाउने क्रियाकलापले निर्धारण गर्छ । तर अर्थेमेला पालिका स्तरिय भलबिल प्रतियोगितामा खेलाडी, आयोजक र रेफ्रिले आवेग गुमाएर एउटा नकारात्मक नजिर स्थापित गरेका छन् ।
याे पनि पढ्नु हाेस