पाँचथर । पाँचथरमा पछिल्ला दिनहरुमा फुटबल प्रतियोगिताहरु आयोजना हुनेक्रम बढेपनि आयोजकहरुको व्यवस्थापन कमजोर हुँदा मैदान भित्र र मैदान बहिर झगडा हुनेक्रम बढेको छ । गत महिना फिदिम १३ मा भएको फुटबल प्रतियोगितामा एक खेलाडीले रेफ्रीले कार्ड दिएको निहुँमा रेफ्रीको कार्डनै खोसिदिए । मंगलबार फाल्गुनन्द २ इम्बुङमा खेलमैदान भित्र कार्ड दिएको निहुँमा खेल सकिएपछि रातको समयमा खेलाडीहरुले रेफ्री माथि आक्रमण गर्ने प्रयास गरे ।
बिना संरचना फुटबल प्रतियोगिता अयोजना गर्दा पाँचथरमा पछिल्ला दिनहरुमा खेदमैदान भित्र र बाहिर झगडा हुने क्रम बढेको छ । सानो खेलमैदान, अस्तब्यस्त ब्यवस्थापन गर्दा खेलमैदानहरु रणभूमी बन्दै गएका छन् । बिना अनुमति फुटबल प्रतियोगिता आयोजना हुने गर्दा पनि फुटबल प्रतियोगिताहरुमा समस्या देखिन्थालेको जिल्ला फुटबल संघको दाबि छ । गोल्डकप भनेर आयोजना हुने प्रतियोगिताहरुको कुनै मापदण्डनै छैन् । खेलमैदान नहुँदा सानो खेलमैदानमा यस्ता प्रतियोगिताहरु गोल्डकपको नाममा हुने गरेको छ । यस्ता प्रतियोगिताहरुले फुटबलको विकास भन्दा पनि फुटबलमा समस्या ल्याउन थालेको फुटबल संघ पाँचथरका अध्यक्ष गणेश राईले बताए । आयाेजकहरु सचेत नहुँदा यस्ता प्रतियाेगिताहरुमा समस्या आउने देखिन्छ ।
पाँचथरमा पछिल्ला दिनहरुमा फुटबल प्रतियोगिताहरुमा बिबाद हुने क्रम बढेको रेफ्रि संघ पाँचथरका अध्यक्ष सन्तोष राई बताउछन् । फुटबलको नियम खेलाडीहरुले नबुझदा रेफ्रिलाई समस्या हुने गरेको राईले बताए । तर पाँचथरका फुटबलकर्मीहरु रेफ्रीको निणर्य क्षमता कमजोर हुँदा पनि खेलमा बिबाद हुने गरेको बताउछन् । ‘खेलाडीहरु खेलमा जती अपडेट र फिटनेश हुन्छन् रेफ्रि पनि उतिकै अपडेट र फिटनेश हुनु पर्छ ।’ फुटबल संघ का एक सदस्यले भने ।
‘धेरै प्रतियोगिताहरुले हामि संग अनुमतीनै लिदैन्न् ।अनुमती नलिएको प्रतियोगिताहरुको जानकारी हामीलाई आउनेनै भएन । अब हामी रेफ्री संघ संग छलफल गरेर प्रतियोगिताहरुको आुगमन गछौं ।’ जिल्ला फुटबल संघ पाँचथरका अध्यक्ष गणेश राईले भने ।