फिदिम । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री कार्यालयअगाडि आइतबार केही महिला बसेका देखिन्थे । उनीहरू थिए, बादी समुदायका महिला ।
बाँच्न पाउने अधिकारको सुनिश्चितताको माग गर्दै उनीहरू प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउन आएका थिए । उनीहरूका तर्फबाट प्रदेशसभा सदस्य उमा बादीले मुख्यमन्त्री त्रिलोचज भट्टलाई ज्ञापनपत्र बुझाएकी हुन् ।
बादी समुदायको बाँच्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने र विगतमा सरकारसँग भएका सम्झौता कार्यान्वयन हुनुपर्ने मागसहित ज्ञापनपत्र बुझाएको प्रदेश सभा सदस्य बादीले बताइन् ।
सरकारले २०६५ सालमा बादी समुदायका महिलालाई यौनशोषणमुक्त र पुनःस्थापनाको घोषणा गरेकोभए पनि अहिलेसम्म निर्णय कार्यान्वयन नभएकामा उनले गुनासो गरिन् ।
पुनःस्थापना नहुँदा अहिले पनि कतिपय बादी समुदायका महिलाले जीविकोपार्जनका लागि लुकीछिपी देह व्यापार गर्न बाध्य भएको उमाले बताइन् ।
यस्तै डोटीकी बसन्ती बादीले पनि आफ्ना लागि सरकार नभएको गुनासो गरेकी छिन् । सरकारलाई राजस्व तिर्न तयार छौ । यौन पेशाको विकल्प नभए लाइसेन्स दिएरै स्वीकृति दिनुपर्छू उनले भनिन्।
ज्ञापनपत्र बुझ्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले गर्नसक्ने माग पूरा गर्ने प्रतिबद्धता जनाएका