पाँचथर । ज्यान मार्ने उद्योगमा ४ वर्ष ११ महिना कैद फैसला भई फरार रहेका ३ जना प्रतिवादीलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा फालेलुङ ७ का २४ बर्षीय सुजन राई, २२ बर्षीय प्रकाश राई र २८ बर्षीय अनिल राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक सन्तोष कुमार राईले जानकारी दिए ।
उनिहरुलाई फालेलुङ ग ७ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।