पाँचथर । पूर्वी पहाडी जिल्ला पाँचथर जिल्लाको सदरमुकाम फिदिममा वि.स. २०१८ चैत्र ८ गते बुवा देवीप्रसााद नेम्बाङ र आमा विष्णुमाया नेम्बाङको कोखबाट माइला छोराको रुपमा नेम्वाङ्गको जन्म भएको हो । नेम्वाङ्गको चार दाजुभाई र तीन दिदीबहिनी छन् । नेम्बाङले २०३५ सालमा फिदिम मा.वि. बाट एसएलसी पास गरेका हुन् ।
एसएलसी पास गरपछि उच्च शिक्षाका लागि उनी नेपाल ल क्याम्पसमा भर्ना भए । २०३६ मा भएको विद्यार्थी आन्दोलनमा सहभागी भए । उनी अनेरास्ववियूमा संगठिन थिए । पढाइसंगसंगै विद्यार्थी राजनीतमा सक्रिय भए । उनले २०४५ सालमा ल क्याम्पसबाटै वि.एल गरे । वकिलको लाइसन्स लिए । केहि समय वकालत पनि गरे । तर यो पेशावाट जनताको आम समस्या सम्बोधन गर्न नसकिने देखेपछि पूणर्कालिन राजनीतिमा होमिएको उनि बताउछन् ।
उनी २०४७ पुष १७ गते पार्टीको संगठित सदस्य भए । चार दशक लामो राजनीतिक यात्रामा जिल्ला कमिटि सदस्य, प्र.रा.यु संघको केन्द्रिय कोषाध्यक्ष, उपाध्यक्ष, राष्ट्रिय पतिनीधि परिषद सदस्य, केन्द्रिय उर्जा विभाग सदस्य सचिव जस्ता साँगठानिक जिम्मेवारीहरु निर्वाह गरिसकेका छन् । नेम्बाङ पहिलो पटक ३० वर्षकै उमेरमा सांसदमा निर्वाचित भएका थिए । उनी २०४८ साल पाँचथरबाट पहिलो पटक सांसदमा निर्वाचित भएका थिए । नेम्बाङ २०५६ सालमा र २०७४ सालमा पाँचथरबाट निर्वाचित भएका थिए । २०६४ र २०७० सालमा भएको संविधान सभाको चुनाबमा भने उने पार्टीबाट टिकट पाएन्न ।
२०७२/२०७३ मा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशासनिक सल्लाहकारका रुपमा समेत कार्य सम्पादन गरेका थिए । नेकपा फुटे पछि चितवनमा भएको नेकपा एमालेको अधिबेशनवाट उनि नेकपा एमालेको केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा रहेको संघीय सरकारमा २०७६ मंसिर ५ गते वसन्तकुमार नेम्बाङ्गले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारी पाएका थिए ।
त्यस्तै २०७६ फागुन ८ गतेबाट २०७७ असोज २९ गते सम्म नेम्बाङ्गले सहरी विकास मन्त्रालयको समेत नेतृत्व गर्ने अबशर पाए । त्यसैगरि २०७८ असार ११ गतेबाट २०७८ असार २९ गतेसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, शहरी विकास मन्त्रालय, कृषितथा पशुपन्छी मन्त्रालय र खानेपानीविकास मन्त्रालय समेत नेतृत्व गर्ने अबशर पाएका थिए । नेम्बाङ मन्त्री बने पछि काठमाण्डौको सडक रङगाएर चर्चामा आएका थिए । नेम्बाङले सडक, रेल, जलयातायातका पूर्वाधार तथा यातायात व्यवस्थापन, नागरिक आवास, फुसको छाना हटाउने तथा सहरी सुन्दरीकरण र ठुला पूर्वाधार निर्माणमा नविनतम प्रविधि प्रयोगका क्षेत्रमा नीतिगत तथ काकानूनी, संस्थागत सुधार क्षेत्रमा काम गर्ने प्रयास गरेको बताउछन् ।
आगामी मंसिर ४ गते हुने संघीय संसदको निर्वाचनमा नेम्बाङ चौथो पटक स्पर्धामा छन् । तर यस पटक उनलाइ संसदमा छिर्न उति सजिलो भने छैन् । २०७४ मा नेम्बाङलाई साथ दिएको नेकपा माओबादी केन्द यस पटक उनको बिरुद्धमा छ । माओबादीले कांग्रेसका भिष्मराज आङदेम्बेलाई सघाउने भएको छ ।२०७४ सालमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गठबन्धन हुँदा पाँचथरको एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्र सबैमा बाम गठबन्धनका उम्मेदवार निर्वाचित भएका थिए । प्रतिनिधिसभामा एमालेका नेम्वाङ निर्वाचित हुँदा एउटा प्रदेशसभामा एमाले र अर्कोमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका थिए । प्रतिनिधिसभा सदस्यमा कांग्रेसका आङ्देम्बे नेम्वाङसँग १० हजार भन्दा बढी मतान्तरले पराजित भएका थिए ।
यस पटकको स्थानिय तहको नतिजा पनि नेम्बाङको अनुकुल छैन् । ३० वैशाखको स्थानीय तहको निर्वाचनमा दलहरुले वडास्तरमा पाएको मत हेर्दा पाँचथरमा एमाले नै पहिलो हो । तर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका उम्मेदवारले पाएको मत एक ठाउँमा राख्दा एमालेको भन्दा १२ हजार मत बढी हुन्छ ।वडातहमा एमालेले ३० हजार ९५८, नेपाली कांग्रेसले २५ हजार ६५, नेकपा माओवादी केन्द्रले ११ हजार ८०८, एकीकृत समाजवादीले २ हजार १६१, जनता समाजवादी पार्टीले २ हजार ६४३ र राप्रपाले १, ९०९ मत पाएका छन् ।
जिल्लाका ८ स्थानीय तहमध्ये ६ पालिका जित्दै कांग्रेस पहिलो दल बनेको छ भने एमाले र माओवादीले एक-एक पालिका जितेका छन् । कांग्रेसले कुम्मायक, तुम्मवेवा, फालेलुङ, फाल्गुनन्द र हिलिहाङ गाउँपालिका र फिदिम नगरपालिकाको नेतृत्व जितेको छ ।
त्यस्तै माओवादी केन्द्रले मिक्लाजुङ गाउँपालिका र एमालेले याङवरक गाउँपालिकाको नेतृत्व जितेको छ ।यसपटक एमालेबाट पाँचथरको उम्मेदवार बनेक नेम्बाङलाई जितको लागि संगठन र गठबन्धको संग असन्टष्टहरुकै मुख्य भर छ । उनको मुख्य प्रतिस्पर्धीमा नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बे छन् ।
२०७४ को आम निर्वाचनमा पाँचथरमा नेम्वाङले ३८ हजार ६१६ मत पाउँदा आङ्देम्बेले २८ हजार ३५ मत प्राएका थिए । तर अघिल्लो पटक निर्वाचित नेम्वाङ एक्लै प्रतिस्पर्धामा हुँदा पहिले पराजित आङ्देम्बेले माओवादी केन्द्रको साथ पाएका छन् । स्थानीय तहमा झैं गठबन्धनको पक्षमा लहर आए वा गठबन्धन दलहरूको परम्परागत मत तान्न नसके नेकपा एमालेका वसन्त नेम्बाङलाई जित निकाल्न निकै कठिन हुनेछ ।