पाँचथर । जिल्ला खेलकुद विकास समिति पाँचथरले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत प्रदेश १ को छनोमा सफल भइ नवौं राष्ट्रिय खेलकुद प्रतियोगीतामा जिल्लाबाट सहभागी हुने खेलाडीहरुलाइ सम्मान गरेको हो ।
जिल्लाका विभिन्न विधाका खेलहरुबाट राष्ट्रिय खेलकुद प्रतियाेिगताकाे लागी छनोट भएका १९ जना खेलाडिलाई दोसल्ला ओढाए सम्मान गरिएको थियो । जिल्ला स्थित बिभिन्न राजनितिक दलका नेताहरुले छनोट हुने खेलाडीहरुलाई बधाइ तथा शुभकामना दिएका थिए । भदौ २८ गते देखि असोज ८ गतेसम्म प्रदेश छनोटमा पाँचथरले आइ.टि.एफ तेक्वान्दो, फुलकन्ट्रयाक कराते र कुस्तीमा समान ३ वटा स्वर्ण तथा जुडो र शारीरिक सुगठनमा समान १ स्वर्ण जितेको जिल्ला खेलकुद विकास समिति पाँचथरका अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिए ।
आइ.टि.एफ तेक्वान्दोमा दर्शन सेलीङ,आलोक राई ४५ केजी समुह र अनिस सेलीङ ६० केजी समुहमा स्वणर् पदक जितेका हुन् । फुलकन्ट्रयाक कराँतेमा श्रृष्टी आङदेम्बे ४० केजी समुहमा, विना तुम्बपो ५० केजी समुहमा, इक्सा माङलाक ५५ केजीमा स्वर्ण पदक जितेका छन् ।
कुस्तीमा अमिलेख नेम्बाङ ७४ केजी समुहमा,बर्ण लिम्बु चोम्बाङ ५७ केजी समुहमा, प्रेरणा लिम्बु ५३ केजी समुहमा स्वर्ण पदक जितेका छन् । जुडोमा उत्तम प्रधानले ७७ केजी समुहमा स्वर्ण पदक जितेका छन् ।
शारीरिक सुगठनमा पवन भट्टराई ७० केजी तौलसमूहमा स्वर्ण पदक जितेका हुन् । जिल्लाकी फुटबल खेलाडी प्रविना कालीकोटे, रग्बी पुरुष टोलीमा बुद्धिराज राई,विनय तुम्बापो,सन्दीप कुमार राई र बुद्धिचालबाट प्रशान्त दाश चेम्जोङ प्रदेश छनोटमा छनोट भएका छन् । पुरुस फुटबलबाट राेशन आङदेम्बे छनाेट भए । सम्झाैता तुम्बापाे,मिना राई र रेणुका तुम्बापाे रग्बी महिला टिममा छनाेटमा परेका छन् ।
प्रदेश छनोटमा पाँचथरबाट १७ खेल २ सय ६६ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगीता गण्डकी प्रदेशमा असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ ।