पाँचथर । वर्षाको कारण पहिरो झर्दा मंगलबर बिहानबाट अवरुद्ध रहेको मेची राजमार्गको फिदिम-काबेली खण्ड सडक एकतर्फी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयल जनाएको छ ।
सोमबार राती सडकबाट करीब ३० मिटर माथिबाट ढुङ्गा झर्दा मेची राजमार्गअन्तर्गत हिलिहाङ गाउँपालिका-२ अमरपुरमा सडक अवरुद्ध भएको थियो ।
प्रहरी र स्थानियहरुले पहिरो पहिरो पन्छाए पछि एकतर्फि रुपमा सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ । मंगलबार बिहानैबाट सडक अवरुद्ध बनेपछि ताप्लेजुङबाट फिदिम हुँदै तराईसम्म झर्ने तथा फिदिमसहित विभिन्न स्थानबाट ताप्लेजुङतर्फ जाने सवारीका साधन बाटोमै रोखिएका थिए ।