फिदिम । पाँचथर जिल्लामा कार्यरत ६९ जना पत्रकारहरुको दुर्घटना बीमा गरिएको छ । नेपाल पत्रकार महासंघ पाँचथर शाखाले शाखाका सदस्यहरुको दुर्घटना बीमा गरिदिएको हो ।
महासंघ शाखामा आवद्ध सदस्यहरुको ५ लाख रुपैँयाबराबरको दुर्घटना बीमा गरिएको शाखाका अध्यक्ष गिरिराज बाँस्कोटाले बताए । उनका अनुसार शाखाले अघिल्लो वर्ष पनि सदस्यहरुको दुर्घटना बीमा गरेको थियो ।
दुर्घटनामा परे पनि उपचार खर्चसमेत प्राप्त गर्नेगरि नेको इन्सोरेन्स कम्पनीमा बीमा गरिएको उनले बताए । पत्रकारको बीमा गरिएको पोलेशी नेको इन्सोरेन्सका प्रतिनिधि सुजन पुरीले हस्तान्तरण गरेका थिए । २०७९ सालको सदस्यता नविकरण गर्ने सम्पूर्ण सदस्यहरुको बीमा गरिएको हो ।