झापा । चार दिन नबित्दै झापामा हात्तीको आक्रमणबाट थप एक जनाको ज्यान गएको छ । झापाको मेचीनगरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको हो ।
शुक्रबार साँझ ५ः४० बजे मेचीनगर ९ थोप्लेविरान सामुदायिक वनस्थित भित्री सडक खण्डमा स्कुटीमा सवार एक महिलाको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे ७ प २०४६ नम्बरको स्कुटी चालक बुद्धशान्ति ५ बस्ने कुमार श्रेष्ठकी श्रीमती ३४ वर्षीया सम्झना श्रेष्ठलाई जंगलबाट आएको हात्तीले आक्रमण गरेको थियो ।
घाइतेलाई उपचारको लागि आम्दा अस्पताल धुलाबारी पठाएकोमा उपचारको क्रममा साँझ६ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी बसन्त पाठकले बताए ।
तीन दिनअघि मात्र जंगली हात्तीको आक्रमणबाट बाह्रदशीमा एक बृद्धको मृत्यु भएको थियो । बाह्रदशी १ बस्ने ८० वर्षीय देवीबहादुर अधिकारीलाई सोही ठाउँमा रहेको मनकामना सामुदायिक वनमा जंगली हात्तीले आक्रमण गरेको थियो ।