फिदिम । पाँचथरमा कोरोना लहर गाउँ गाउँ फैलिन थालेको छ । कोरोना पाँचथरका गाउँ गाउँ सम्म फैलिएको छ । गाउँ गाउँमा कोरोना संक्रमितहरुको सख्या दिनानु दिन बृद्धि भइ रहेको तथ्याङ जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरिरहेको छ । कोरोना भाइसरको कारण जारी भएको निशेधाज्ञाको कारण सर्वसाधरणहरुको जनजीवन प्रभावति हुन थालेको छ । पाँचथरका दुर दराजमा रहेका गाउँमा समेत कोरोना संक्रमितहरु भेटिएका छन् । हिलिहाङको सुभाङ, याङबरकको फलैचा, फिदिमको रानिटार, मिक्लाजुङको दुर्दिम्बा, रबि र सराङडाँडामा कोरोना संक्रमितहरु फेला परेका हुन् ।
पाँचथरमा कोभिड एन्टिजेन्ट परिक्षण गर्ने टेस्ट कीट ५५०० आएको छ । यो जिल्लाको लागी पर्याप्त होईन प्रत्येक गाउँपालिकामा तिनसयका दरले उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद ढकाल बताउछन् । बाँकी रहेको किट स्टकमा राखेको ढकालले जानकारि दिए ।
एक नगरपालिका र सात गाउँपालिका रहेको पाँचथर नगरपालिका र सबै गाउँपालिकामा दैनिक कोरोना सङ्गाक्रमितको सख्या बढिरहेको छ । जिल्लामा बैशाख २७ बाट निशेधाज्ञा जारी छ । चेन ब्रेक नभएपछि दोस्रो चरणको निशेधाज्ञा सकिए पछि पु ःन १७ गते रातिबाट पुणर् निशेधाज्ञा जारी गरिएको छ ।
पाँचथरका स्थानिय तह सम्म कोरोनाले जनजिवन अस्तब्यस्त बनाएको छ । हाल सम्म सकृय संक्रमित सख्या ९४० रहेका छन् । फिदिमबाट जेठ १७ गते श्वाब संकलन गरेर परक्षिणका लागीिपठाइएको नतजिा अनुसार १ सय ९ जना नागरकिको पिसिआिर बिधिवाट गरएिको परक्षिणमा ७२ जनामा कोरोना संक्रमण पुष्टी भएको नतिजा हिजो साझ आएको छ । हिजो दिउसो मात्र पाँचथरका बिभिन्न स्थानमा गरिएको परिक्षणमा ६३ जना साझ आएको ७२ जना गरेर १३५ जनामा कोरोना पुष्टि भएको हो । फिदिम नगरपालिकामा एन्टिजेन्टबाट परिक्षण गरिएका ८१२ र पिसिआर बाट परिक्षण गरिएका ४४३ गरि जम्मा १२५५ को परिक्षण मध्ये जम्मा ४७८ सकृय संक्रमित रहेका छन् ।
यसै गरि फालेलुङ गाउपालिकामा ९ ,फाल्गुनन्द गाउपालिकामा २२ हिलिहाङ गाउपालिकामा १६५ कुम्मयक गाउँपालिकामा २७ मिक्लाजुङ् गाउँपालिकामा ६३ जना, तुम्बेवा गाउँपालिकामा ५१ जना, याङ्वरक गाउँपालिकामा ३८ जना गरेर जम्मा ९४० सकृय संक्रमित रहेको छन् ।
जिल्लामा कोरोना जितेर निको हुनेको संख्या ३०३ रहेको छ । कोभिड १९ को कारणबाट हाल सम्म मृत्यु हुनेको सख्या ३ रहेको जिल्ला स्वास्थ कार्यलय कोभिड १९ फोकल पर्सन तेज तुम्बापोले जानकारि दिए ।
पाँचथरका गाउँगाउँमा फैलीयो कोरोना
पाँचथरका गाउँगाउँमा फैलीयो कोरोना
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस