काठमाडौं । झापामा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक किशोरलाई नियन्त्रणमा लिएको छ।
बारा घर भई कन्काई नगरपालिका-४ कञ्चन टोल बस्ने १९ वर्षीय सामहम्द अन्सारीलाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। सामहम्दले ती बालिकालाई शुक्रवार दिउँसो जबरजस्ती करणी गरेको उजुरी परेपछि ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।