फिदिम । पाँचथरमा बुधबार थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको विभिन्न स्थानमा गरिएको परिक्षणमा बुधबार ६३ जना मा कोरोना पुष्टि भएको हो । यो सँगै जिल्लामा संक्रिय संक्रमितको संख्या ८ सय ६५ पुगेको छ । हालसम्म ३ सय ३ जना कोरोना संक्रमित डिस्चार्ज हुँदा पाँच सय ३८ जना होम आइसोलेसनमा रहेको जिल्ला प्रशासन कार्यलय पाँचथरको कोभिड-१९ दैनिक प्रतिवेदनमा उल्लेख गरीएको छ ।यसैगरी १० जनालाई उपचारका लागी जिल्ला बाहिर रेफर गरीएको छ ।
हेर्नुस पाँचथरका स्थानिय तहमा रहेका सकृय संक्रमित सख्या
फिदिम नगरपालिका ः ४७७ जना
फालेलुङ गाउँपालिका ः ९ जना
फाल्गुनन्द गाउँपालिका ः२२ जना
हिलिहाङ गाउँपालिका ः १६५ जना
कुम्मायक गाउँपलिका ः ४० जना
मिक्लाजुङ गाउँपालिका ः ६३ जना
तुम्बेबा गाउँपालिका ः ५१ जना
याङबरक गाउँपालिका ः ३८ जना
जम्मा ः ८६५ जना

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस