पाँचथर । सदरमुकाम फिदिम बजारमा रहेको गणेशमान सिंह सामुदायिक हस्पिटलमा उपचारको क्रममा मृत्यु भएकी सुत्केरी महिलाको शव आफन्तले बुझेका छन्।
गणेशमान सिंह सामुदायिक हस्पिटलमा शनिबार सुत्केरी हुन आएकी १९ बर्षिया करिना फागो (तुम्रोक)े उपचारको क्रममा आईतबार मृत्यु भएको थियो। मृत्यु भएको घट्ना छानबिन गर्न समिति गठन गरिएको छ । समितिको संयोजकका रुपमा पाँचथर अस्पतालका निमित्त प्रमूख बरुण अग्रवालाई तोकिएको छ ।
अस्पताल प्रशासनले मृतकका आफन्तलाई किरिया खर्च स्वरुप तत्काल पाँचलाख र नवजात शिशुको शिक्षा दिक्षाका लागि बैंक खाता खोलेर थप पाँचलाख गरी दशलाख रुपैंयाको चेक हस्तान्तरण गरे लगत्तै मृतक महिलाका आफन्तहरु शव बुझ्न तयार भएका हुन् ।
अस्पतालका अनुसार करिनाको शरिरमा रगतको मात्रा कम हुँदा थप रगत दिइएको त्यसपछि रक्तश्राव समेत रोकिएको तर अचानक प्रेशर घटेर महिलाकाे मृत्यु भएकाे उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।