हिजो राति एक तला पक्की घरमा रहेको औलिया ज्वेलर्समा घरपछाडि काठको ढोकाको कब्जा फुटाई सुनचाँदी चोरी भएको सूचना पाए लगतै ईलाका प्रहरी कार्यालय चतरा र ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली खटेको थियो।
घटनाको सुक्ष्म अनुसन्धान थालेको प्रहरीले चोरी भएको २४ घण्टा नबित्दै हिजो दिउँसो साढे २ बजे उनलाई पक्रन सफल भएको हो।
अनुसन्धानका क्रममा शंकास्पद अनिलको घरकोठा खानतलासी गर्दा दराजपछाडि कालो झोलामा लुकाएर राखिएको चोरीको सुनका गरगहनाहरू ६ तोला ८३ लाल र चाँदीको गरगहनाहरू २९७ तोलाको अन्दाजी १० लाख ४० हजार ५९० बराबरको गरगहना बरामद भएको हो।
हाल अनिलमाथि ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भइरहेको छ।