झापा । झापाको मेचीनगर नगरपालिका–६ स्थित पालिया खोलामा नवजात शिशुको शव फेला परेको छ । पानीमा तैरिरहेको अवस्थामा आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।
पूर्व–पश्चिम राजमार्गदेखि दक्षिणमा शिशुको शव फेला परेको हो । शिशु जन्मने बित्तिकै खोलामा फालेको प्रहरीको अनुमान छ । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।