पाँचथर । विराटनगरबाट उल्टो पदयात्रा गर्दै सुनसरीका युवा ओमप्रकास बानिया १६ दिनमा पाँचथरको सदरमुकाम फिदिम आइपुगेका छन् । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने भन्दै विराटनगरबाट ताप्लेजुङ्गको धार्मीक तीर्थस्थल पाथीभारा मन्दिरसम्मको उल्टो पदयात्रा सुरु गरेका बानीया १६ दिनमा फिदिम आइपुगेका हुन् ।
यात्रा सुरु भएको १६ दिनमा करीब २ सय ५० किलोमिटरको दुरी पार गर्दै बानिया आइतबार फिदिम आइपुगेका हुन् । देशमा बिभिन्न व्यवस्थाहरु आए पनि देश उल्टो गतिमा चलिरहेकाले सक्ता चलाउनेहरुलाई व्याङग गर्दै आफुले उल्टो पदयात्रा सुरु गरेको बानियाले केन्जो खबरलाई जानकारी दिए ।
बिराटनगरबाट ६ जिल्ला उल्टो पदयात्राबाट पार गर्ने उनले बताए । तराईका जिल्लाहरुमा दैनिक लगभग १५ किलोमिटर हिडेको र पहाडी जिल्लाहरुमा अवस्था र मौसम अनुसार यात्रा तय हुने बताए । बानीयाले असार ३२ गतेबाट यात्रा सुरु गरेको बताए । उनको यात्रा ताप्लेजुङ्गको धार्मीक तीर्थस्थल पाथीभारा मन्दिरमा पुगेर समापन हुने बताए ।
यात्रामा विभिन्न स्थानिय तहले खाना बस्न सहयाेग गरेकाे उनले जानकारी दिए ।




