पाँचथर । फिदिम नगरपालिकामा मेयर मित्रप्रसाद काफ्ले आफूले पाउने तलव भत्ता तथा सुविधा समाजिक कार्यमा उपलब्ध गराउन शुरुवातह गरेका छन् ।
काफ्लेले निर्वाचित भए देखि असार मसान्त सम्म प्राप्त भएको तलब भत्ताको रमक शुक्रबार पहिलो चरण अन्र्तगत फिदिम ४ स्थित जागृति आ.वि.मा रहेका आवासिय विद्यालयका विद्यार्थीहरुलाई लुगा धुने वासिङ मेसिन खरिद गर्न ३५ हजार रुपैया रकम प्रदान गरेका हुन् ।
यस्तै, फिदिमका यूवाहरु द्धारा स्थापना गरिएको हेल्प टुगेदर फाउण्डेशन अन्तर्गत संचालनमा रहेको हुनेले दिने,नहुनेले लिने अभियानलाई ३५ हजार रुपैया रकम हस्तान्तरण गरी सो अभियानमा सहयोग गरेका छन् ।