काठमाडौँ । निर्वाचन आयोगले बुधबारदेखि उपत्यकाका तीन जिल्लामा अनलाइनमार्फत मतदाता नामावली संकलन गर्ने निर्णय गरेको छ।
मंगलबार सबेको आयोगको बैठकले काठमाडौँ, भक्तपुर र ललितपुरमा बुधबारदेखि अनलाइनमा फारम भरेर मतदाताले नामावली लेखाउन सक्नेछन्।
तर फोटा खिच्न र औठाँ छाप दिन भने अनलाइन आवेदन नम्बर लिएर मतदाता जिल्ला निर्वाचन कार्यालय जानुपर्ने आयोगले जनाएको छ।
आयोगका प्रवक्ता शालिग्राम पौडेलले भने, ‘हाललाई काठमाडौं उपत्यकाका तीन जिल्लामा) अनलाईनबाटै पेश गर्न सकिने छ र सो पश्चात् अनलाईन फाराममा उल्लिखित संकेत नं. सहितको प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औंठा छाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क राख्न जानु पर्नेछ।’