चितवन ।सामाजिक सञ्जाल फेसबुक मार्फत रकम ठगी गरेको आरोपमा युवती पक्राउ परेकी छन्। जिल्ला प्रहरी कार्यालय चितवनले नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) स्थित गैडाकोट नगरपालिका ११ की २६ वर्षीया सम्भावी पौडेललाई पक्राउ गरेको हो।
पौडेलले भरतपुर महानगरपालिका १ का ५३ वर्षीय एक पुरुषसँग फेसबुकमा साथी बनेपछि २६ लाख ४५ हजार ७ सय रुपैयाँ ठगीको आरोप लागेको छ। ठगी गरेसंगै फरार भएकी थिइन्। उनलाई चितवन प्रहरीले १८ गते पक्राउ गरेको हो। अहिले अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
यसरी ठगेकी थिइन्
चार वर्षअघि सम्भावी पौडेलले ती ५३ वर्षीय पुरुषलाई फेसबुक रिक्वेस्ट पठाइन्। साथी भए। उनीहरुको सम्बन्ध बाक्लिँदै गयो। रेष्टुरेन्टमा प्रत्यक्ष भेटघाट गर्न थाले। उनीबीचमा असल प्रेमीप्रेमिकाको सम्बन्ध बन्यो। सन् २०१९ देखि विभिन्न बहानामा पैसा माग्न थालिन्। ती पुरुषले दिन थाले। सुरुवाती चरणमा ४० हजारसम्म माग्न थालिन्। त्यसपछि उनको डिमाण्ड बढ्न थाल्यो। उनले दिइरहेँ। पछिपछि १ लाखभन्दा माथि माग्न थालिन्। दिन छोडेनन्। यो प्रकृया सन् २०२१ सम्म रह्यो। पटक-पटक गरेर उनले २६ लाख ४५ हजार रुपैयाँसम्म पुर्याइन्।
कहिलेकाही घरमा समेत आउने गरेकी युवती सम्पर्कविहीन हुन थालिन्। उनले जताततै खोजे पत्ता लगाउन सकेनन्। ठगिएको महसुस गरी उनी जिल्ला प्रहरी कार्यालय चितवनसम्म आए। प्रहरीले उनलाई पक्राउ गर्न सकेन। अझ ती पुरुष झन तनावमा पुगे। तर, उजुरी दिएको झण्डै एक वर्षपछि ती किशोरी पक्राउ परिन्। अहिले प्रहरीले अनुसन्धान गरिहेको छ।
पछिल्लाे समय सामाजिक सञ्जाल मार्फत ठगी गर्नेको संख्या बढ्दे गएको छ।